–प्रज्ज्वल घिमिरे
हांसेर म खुशी हुंदा
मेरी आमा रमाउंछिन              
चिप्लेर लड्न खोज्दा
मेरो हात समाउंछिन
मनभित्र म उनकोमा बसेको छु
उनी मेरो मनभित्र
संसारैभरि भगवान खोज्दा
उनकै छ–मेरो हृदयमा चित्र
आँखा रसाएर आँसु झर्दा
मेरी आमा रुन्छिन
हाँसेर दंग पर्दा
मेरी आमा खुशी हुन्छिन

बागडोल, ललितपुर, नेपाल ।
प्रकाशन मिति–२०७७ साल कात्तिक ८ गते शनिवार (महाअष्टमी)।