–सनत कुमार थापा

सर्ब प्रथम म मेरो शिर हजुरको पाउमा राखि आशिर्वाद माग्छु।
यो संसारमा जन्म दिनु भएकोमा म सधै हजुर प्रती नतमस्तक छु।।

हाम्री ममतामई आमाको आशिर्वाद र माया हामीले निरन्तर पाई रहौ।
सधै सेवा गरी आमाको प्रत्यक्ष निगरानीमा संसारमा अगाडी बढ्न सकौं।।

आमा हजुरलाई हामीले पालेका हैन हजूरको छत्रछायामा हामी छौ ।
जन्मेदेखिनै हामीले आमाको असिम निगाह र ममता पाईरहेका छौ।।

हजुरका सन्तानहरु सधै सत्कर्ममा लागि प्राणीको हितमा रहुन।
असल मानिस बनि बिस्व मै चर्चाको शिखरमा पुग्न सफल रहुन।।

ब्रम्हाण्डमा जहॉ रहेपनि हजूरका सन्तति सबै सुख र शान्तिसंग बसुन ।
आमाको आशीर्बादले सधै सुस्वास्थ रहि सफलताको शिखरमा पुगुन ।।
प्रकाशन मिति–२०७६ साल बैशाख २१ गते शनिवार । ( आमाको मुख हेर्ने दिवस-मातातिर्थ औशी)