Bakeryकाठमाडौ। काठमाडौ महानगरपालिकासंगको सहकार्यमा हातेमालो महिला समूहको आयोजनामा स्थानिय साझेदारी कार्यक्रम अन्तर्गत आयमूलक १५ दिने बेकरी तालिम संपन्न भएको छ।

१५ दिने बेकरी बनाउने तालिमवाट १७ जना महिला दिदीबहिनीहरु लाभान्वित भएको आयोजक हातेमालो महिला समूहका अध्यक्ष मन्जु महर्जनले बताएकी छन्। छोटो समयमा १७ जना महिला दिदीबहिनीहरुले बेकरी तालिम लिएर सफल उद्यमी बन्ने प्रतिवद्धता जनाएवाट काठमाडौ महानगरपालिकाको उदेश्यअनुरुपको कार्य भएको महानगरपालिका समाज कल्याण विभागका उप–निर्देशक यज्ञप्रसाद बडालले खुशी व्यक्त गरे।

4.उप–निर्देशक बडालले काठमाडौ महानगरपालिकाले महानगरमा महिला तथा बालबालिकाको उत्थान तथा विकासको लागि सक्दो कार्य गरिरहेको स्पष्ट पारे। यसअन्तर्गत महिला लक्षित बेकरी लगायतका सीपमूलक तालिम प्राथमिकतामा रहेको बडालले बताए।

समापन समारोहमा नारायण क्लवका कार्यवाहक अध्यक्ष प्रचण्डमान बज्राचार्य हातेमालो महिला समूहको आयोजनामा भएको महिला दिदीबहिनी लक्षित बेकरी तालिमले महिला दिदीबहिनीलाई स्वरोजगार बनाएको र यसले रोजगारीको मार्ग प्रशस्त गरेको खुलासा गर्दै यस्ता कार्यक्रममा क्लवको सदा सहयोग हुने बताए।

तालिम प्रशिक्षक माधुरी झा पराजुलीले बेकरी तालिममा सहभागी प्रशिक्षार्थीहरु बेकरीको सफल उद्यमी बन्ने कुरामा आफू विश्वस्त रहेको जिकिर गरेकी छन्। सहभागी प्रशिक्षार्थी मध्येकी प्रशिक्षार्थी गीता जोशीले आफूहरुले सिकेको बेकरी सीपलाई व्यवहारमा लागू गर्नुको अलावा बेकरीको उद्यमी बन्ने प्रतिवद्धता पनि व्यक्त गरेकी छन्।

3कार्यक्रममा लामो समय जापान बसेर नेपालको सेवामा केही योजना बुनेर आएका दिनेश राजभण्डारीले निकट भविष्यमा आफूले पनि जापानीको सहकार्यमा यस्ता कार्यहरुमा सहयोग गर्ने सोच बनाएको बताए। युवा संस्कृतिविद तथा संचारकर्मी पदम श्रेष्ठले सीपवान व्यक्ति कहिले पनि पछि नपर्ने ठोकुवा गरे।

2

सामाजिक अभियन्ता मन्जु रानामगरले तालिममा सिकेको सीपले सीपवान बनाउनुको अतिरिक्त तालिममा सहभागीहरुलाई उद्यमी पनि बनाउने भएवाट यसले बेरोजगारलाई रोजगार बनाउने विचार व्यक्त गरेकी छन्। अर्की सामाजिक अगुवा सुनिता कायस्थ सीपवान व्यक्ति कहिलेपनि भोकै बस्न नपर्ने यथार्थता रहेकोले कुनैपनि सीप सिक्नु अत्यन्त राम्रो भएको दावी गर्छिन्।

प्रकाशन मिति–२०७२ साल चैत्र २१ गते आइतवार ।