ayarland new pmकाठमाडौ। समलिंगीका नेता पनि अव प्रधानमन्त्री बन्ने पक्का भएको छ। खवर आयरल्यान्डको हो। आयरल्यान्डका समलिंगी नेता लियो भाराड्कार आयरल्यान्डका प्रधानमन्त्री बन्ने भएका छन्। ३८ वर्षका भाराड्कार रिपब्लिक अफ आयरल्याण्डको सत्तारुढ गठबन्धनको सबैभन्दा ठूलो पार्टी फाइन गेलको नेता चुनिएसँग नयाँ प्रधानमन्त्री बन्ने निश्चित भएको हो ।

सन् १९९० को दशकसम्म समलैंगिकता र सम्बन्ध विच्छेद गैरकानुनी रहेको देशको उनी पहिलो समलिंगी प्रधानमन्त्री बन्न लागेका हुन् । भाराङ्करले ६० प्रतिशत मत प्राप्त गर्दै प्रतिद्वन्द्वी हाउजिङ मन्त्री सिमोन कोभेनीलाई हराएका हुन् । उनी आयरल्याण्डको पहिलो समलिंगी र सबैभन्दा कम उमेरमा प्रधानमन्त्री बन्ने व्यक्ति हुनेछन् । भाराड्करले एक हप्ताभित्रै पार्टीका नेता एन्डा केन्नीको ठाउँ लिनेछन् । उनी आइरिस नर्स र भारतीयमूलका डाक्टरका छोरा हुन्। उनका माता पिताले भारतमा समेत काम काम गरेका थिए।

सन् १९७९ को जनवरी १८ मा डबलिनमा उनको जन्म भएको थियो । उनका पिता अशोकले आइरिस मुलकी नर्स मरियमसँग विवाह गरेका थिए । भाराड्करको चुनावी अभियान उनको उमेर र समलैंगिकताका कारण अन्तर्राष्ट्रिय स्तरमा चर्चाको विषय बनेको थियो । आयरल्याण्डलाई युरोपको सबैभन्दा रुढिवादी देशको रुपमा लिने गरिएको छ । तर भाराड्कर रुढिवादी देशको उदारवादी अनुहार बन्न सफल भएका छन्। (समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७४ साल जेष्ठ २० गते शनिवार ।