काठमाडौं। नयाँ पुस्ताका युवाहरुको यथार्थतामा विलकुलै नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। गीतकार, संगीतकार समेत रहेकी गायिका आयला चापागाईको गायन तथा अभिनयमा कसरी भयो प्यार बोलको गीतको भिडियो सार्वजनिक भएको हो।

नेपालको नंबर वान नृत्य तथा संगीतको विद्यालय साधना कला केन्द्रका मेधावी विद्यार्थी समेत रहेका गायिका आयला चापागाईले गीतको भिडियोमा स्वभाविक अभिनय गरेर मादकता थपेकी छन्। जसमा उनलाई राजेश शाहले अभिनयमा साथ दिएका छन्। ख्यातिप्राप्त चलचित्र सम्पादक तथा निर्देशक मन्दिल श्रेष्ठको निर्देशनमा वनेको गीतको बोलअनुसार, कथाले मागेका दृश्यलाई सहज ढंगवाट दिने कार्य पनि गरेकी छन्।

पश्चिम नेपालको बर्दिया राजापुरकी बहुप्रतिभाशाली गायिका आयला चापागाई यसअघि विभिन्न म्युजिक भिडियोहरुमा समेत अभिनय गरिसकेकी छन्।

प्रकाशन मिति–२०७८ साल जेठ १९ गते बुधवार ।