काठमाडौं। नेपाली चलचित्रका कलाकारहरु कोभिड–१९ को कारण चलचित्र नबनेयता म्युजिक भिडियोमा व्यस्त हुने गरेका छन्। जसको कारण चलचित्रका कलाकारहरुलाई केही हदसम्म भएपनि राहत मिलेको छ।

यसैक्रममा नवोदित गायका गणेश थापाको गायन रहेको आयो तिम्रो राजा बोलको गीतको भिडियोमा अभिनेता यसराज गराचको अभिनय रहेको छ। अभिनेता यसराजको यस गीतको भिडियोमा गायिका तथा मोडल सरिता भारतीसंग स्वप्निल रुमानी विवाह भएको कथा बुनिएको छ।

यी दुईको कथामा मोडल मञ्जुला गिरीको समेत अभिनय रहेको छ। रुमानी सपना नै भएतापनि गायिका तथा मोडल सरिता भारतीको अभिनेता यसराजसंग विवाह भएको रोमाञ्चक दृश्य पनि रहेको छ। रोमान्टिक शैलीको यो आधुनिक गीतको भिडियो नृत्य प्रधान रहेको छ।

गीतमा सुवर्ण कुमार श्रेष्ठको संगीत र संगीत संयोजन छ । गीतलाई सुदन लुईंटेलले लेखेका हुन् । यो गीतको भिडियोलाई नृत्य निर्देशन तथा निर्देशन सुवास बुढाथोकीले गरेका हुन् । गीतमा सुरेश कुमार राउतको सम्पादन, टंक केसीको छायाँकन, बिना रानामगर र शोभा श्रेष्ठको श्रृंगार रहेको छ । यो गीत र भिडियोको निर्माता सवनम थापा र नेहा थापा हुन् ।

प्रकाशन मिति–२०७८ साल साउन ५ गते मंगलवार ।