काठमाडौ। उमेर घर्किएपछि सुन्दरता घट्छ भन्नेहरुको लागि चुनौति बन्दैआएकी सदावहार सुन्दरी नायिका करिश्मा मानन्धर यतिखेर नेपाली राजनीतिमा छपक्कै भिजेकी छन्। डा.बाबुराम भट्टराईको नयाँ शक्ति पार्टी मार्फत नेपाली राजनीतिमा प्रवेश गरेकी करिश्मालाई नयाँ शक्ति पार्टीले एक नंबरमा नै समानुपातिक उम्मेदवार बनाइएको छ।

प्रत्यक्षमा प्रतिनिधिसभा सदस्यमा निर्वाचन लड्ने मूड बनाइएकी करिश्मालाई बाबुरामले नै समानुपातिक उम्मेदवार भएपछि जतापनि जान सक्ने भन्ने सल्लाह दिएपछि नयाँ शक्तिका पहाड तथा तराईका जुनसुकै स्थानका चुनाव प्रचारमा लागिपरेकी छन्।

नयाँ शक्तिको नयाँ मोडमा हरप्रहरमा लागेकी करिश्मालाई यतिखेर छपक्कै चुनाव लागेको छ। करिश्माको कमालले कतिको चुनाव जितिने हो या होइन? त्यो चाँडै नै थाहा हुने भएको छ। आसन्न निर्वाचनमा अरु कलाकारको भन्दा करिश्माकै व्यापक चर्चा तथा परिचर्चा रहेकोले पनि करिश्माको कारण नयाँ शक्तिले चुनाव जित्ने आशा गरिएको छ।


प्रकाशन मिति–२०७४ साल मंसीर ४ गते सोमवार ।