T-20 world Champion 1काठमाडौ। भारतको कोलकातामा आइतवार भएको विश्व टी–ट्वान्टीमा वेस्ट इन्डिज च्याम्पियन बनेको छ। इंगल्याण्डलाई ४ विकेटको अन्तरमा पराजित गरेर वेस्ट इन्डिज च्याम्पियन बनेको हो। पहिलो ब्याटिङ्ग गरेको इंगल्याण्डले दिएको १ सय ५६ रनको लक्ष्य वेस्ट इन्डिजले ६ विकेट गुमाएर अन्तिम ओभर पूरा गरेर च्याम्पियन बन्न सफल भएको छ।

T-20 world Championअन्तिम ओभरमा १९ रन चाहिने अवस्थामा ब्याटिंगमा आएका वेस्टइन्डिजका कार्लोस ब्राथवेटले लगातार ४ छक्का हानेपछि २ बल बाँकी छँदै वेस्टइन्डिजले विजय पाएको हो। वेस्ट इन्डिजका लागि मार्लन स्यामुएल्सले ८५ रन जोडे। यो जितसँगै वेस्ट इन्डिज दुई पटक टि ट्वान्टी विश्वकप जित्ने पहिलो टिम बनेको छ। महिलातर्फको टि ट्वान्टीमा पनि वेस्ट इन्डिज नै च्याम्पियन बनेको छ।
प्रकाशन मिति–२०७२ साल चैत्र २१ गते आइतवार ।