काठमाडौं। बैदेशिक शिक्षा विज्ञको रुपमा ख्यातिप्राप्त सामाजिक अभियन्ता शेषराज भट्टराई शैक्षिक परामर्श संघ (इक्यान) को उपाध्यक्षमा सर्वसम्मत चयन भएका छन्। आइतवार विहान संपन्न इक्यानको १४ औं साधारणसभाले भट्टराईलाई सर्वसम्मत उपाध्यक्षमा चयन गरेको हो।

त्यसैगरेर, देवीदास भट्टराई, कृष्णहरि केसी पनि उपाध्यक्षमा सर्वसम्मत चयन भएका छन्। इक्यानको अध्यक्षमा प्रकाश पाण्डे सर्वसम्मत बनेका छन्। यस्तै सचिवमा बासुदेव दाहाल र बालकृष्ण (बीके) श्रेष्ठ र महासचिवमा दीपकराज भुसाल चयन भएका छन्।

यस्तै, कोषाध्यक्षमा प्रकाश श्रेष्ठ र सहकोषाध्यक्षमा कर्णबहादुर गुरुङ तथा सदस्यहरुमा सुषमा आचार्य, आशिक कार्की, रत्न भट्टराई, नवराज भट्टराई, पुष्पराज भट्टराई, विकल्पराज पोखरेल, आर्यन उप्रेती, भवनाथ हुमागाईँ, सुवास गौतम र शिवप्रसाद त्रिपाठी निर्वाचित भएका छन्।


प्रकाशन मिति–२०७६ साल पुस २७ गते आइतवार ।