काठमाडौं। इजरायलका लागि नेपालकी नव–नियुक्त राजदूत डा.अञ्जान शाक्यलाई बधाई तथा शुभकामना ज्ञापन गरिएको छ। शनिवार काठमाडौंंको बसन्तपुरमा आयोजित कार्यक्रममा नेवाःसमुदायकोतर्फवाट महामहिम नव–नियुक्त राजदूत डा.शाक्यलाई बधाई तथा शुभकामना ज्ञापन गरिएको हो।

बधाई तथा शुभकामना दिनेहरुमा नेपालभाषा आन्दोलनका अगुवा नरेशवीर शाक्य, सामाजिक अभियन्ता कुलभक्त शाक्य,प्रतिनिधिसभाका सांसद तथा नेकपाका प्रभावशाली नेता कृष्णगोपाल श्रेष्ठ, काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, ३ नंबर प्रदेशका सांसद राजेश शाक्य,पूर्वमेयर केशव स्थापित, काठमाडौं महानगरपालिका वडा नंबर २२ का वडा अध्यक्ष चीनकाजी महर्जन, सांसद रामवीर मानन्धर लगायत नेवाःसमुदायका लव्ध–प्रतिष्ठित व्यक्ति विशेष रहेका थिए।

यसअघि सुनचाँदी व्यवसायी महासंघवाट पनि शनिवार नै नव–नियुक्त राजदूत डा.शाक्यलाई बधाई तथा शुभकामना दिएको थियो। नव–नियुक्त राजदूत डा.शाक्य यही फरवरी महिनाको पहिलो हप्तातिर आफ्नो कार्यभार सम्हाल्न इजरायल जाने तय भएको भिजन संसार डटकमसंगको कुराकानीमा भनेकी छन्।


प्रकाशन मिति–२०७५ साल माघ ५ गते शनिवार ।