काठमाडौं। इजरायलका लागि नेपाली राजदूत डा.अञ्जान शाक्य डिप्लोम्याट अफ द इअर २०२० अवार्डवाट सम्मानित बनेका छन्। द एम्बास्डरस क्लब अफ इजरायलव्दारा आयोजित कार्यक्रममा राजदूत डा.शाक्य सम्मानित बनेकी हुन्।

प्रतिष्ठित इजरायली संस्था द एम्बास्डरस क्लब अफ इजरायलका अध्यक्ष Ambassador Yitzhak Eldan र इजरायली परराष्ट्र मन्त्रालयका शिष्टाचार विभाग प्रमुख Ambassador Gil Haskel ले संयुक्त रुपमा राजदूत डा.शाक्यलाई इजरायलमा प्रदान गरिएको थियो।

राजदूत डा.शाक्यको जुझारुपनका कारण इजरायलमा राजदूत भएर आएको छोटो समयावधिमा नेपाललाई इजरायलमा भिजिबल बनाउन सफल भएकोल बर्ष राजदूतवाट सम्मानित गरिएको आयोजक संस्था द एम्बास्डरस क्लब अफ इजरायलले जनाएको छ। कार्यक्रममा राजदुत डा. शाक्यले हिब्रु भाषामा नेपाल सम्बन्धी चर्चित गीत समेत प्रस्तुत गरेकी थिइन्।


प्रकाशन मिति–२०७७ साल मंसीर २९ गते सोमवार ।