इजरायल । नेपालका ख्यातिप्राप्त गायक तथा संगीतकार शंभु राईका साथमा अर्का गायक तथा संगीतकार ब्रबिम लिम्बू सम्मानित बनेका छन्। माँ पाथिभरा भक्ति समाज इजरायलले गायक राई र लिम्बूको सम्मान गरिएको हो।

किराँत राई यायोख्खा इजरायलव्दारा आयोजित उभौली सिली कार्यक्रम ५०७९ मा आमन्त्रित वरिष्ठ गायक तथा संगीतकार शम्भु राई र गायक तथा संगीतकार ब्रबिम लिम्बूलाई माँ पाथिभरा भक्ति समाज इजरायलले आफ्नो प्रथम सभा सु–सम्पन्न भएको उपलक्ष्यमा सम्मान गरिएको जनाएको छ। संस्थाको निर्णय अनुसार संस्थाकी सचिव प्रज्ञा कार्कीको हातबाट जनही नगद रु.११,२०० सहित दोसल्ला ओढाई सम्मान गरिएको हो।

माँ पाथिभरा भक्ति समाज इजरायलले अत्यन्त महत्वको साथ सम्मान गरेकोमा दुवै गायक तथा संगीतकारले गौरबता व्यक्त गरेका छन्। दुवै गायक तथा संगीतकार इजरायलको भव्य कार्यक्रम संपन्न गरेर नेपाल फर्किसकेको जानकारी माँ पाथिभरा भक्ति समाज इजरायलकी अध्यक्ष कविता क्षेत्री (पाख्रिन)ले दिएकी छन्।


प्रकाशन मिति–२०७६ साल जेठ ६ गते सोमवार ।