तेल अबिब (इजरायल)। इजरायलका लागि नेपालका लोकप्रिय राजदूत डा.अञ्जान शाक्यले नेपालीहरुव्दारा इजरायलमा सञ्चालन गरेको गोर्खा किचनको उदघाटन गरेकी छन्।

केही गैरआवासीय नेपालीहरुव्दारा तेल अबिब स्थित रोज पिन–१६ मा सञ्चालनमा आएको गोर्खा किचनको राजदूत डा.शाक्यले उदघाटन गरेकी हुन।

इजरायलमा नेपाली स्वादिष्ट खाना तथा खाजाको परिकार सर्भ गर्ने उदेश्यले सञ्चालनमा आएको गोर्खा किचन नेपाल र नेपालीको पहिचानको रुपमा लिइएको राजदूतावासले जनाएको छ। नेपाली कला, संस्कृतिको प्रवर्द्धनमा सघाउने यस्ता रेष्टुरेन्ट खुल्नुलाई दूतावास स्वागत गर्दछ भनेको छ।


प्रकाशन मिति–२०७७ साल असार ३० गते मंगलवार ।