काठमाडौं। इजरायलमा विकसित पछिल्लो घटनाक्रममका सन्दर्भमा इजराजयलस्थित विभिन्न कुटनैतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरुलाई इजरायली प्रधानमन्त्रीव्दारा बुधवार आकस्मिक विफ्रिङ गरेका छन्।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु तथा विदेश मन्त्री गाबी असकेनाजीले विफ्रिङ गरेका हुन्। आइडीएफको मुख्यालय तेल अबिबमा आयोजित विफ्रिङ कार्यक्रममा इजरायलका लागि नेपाली राजदूत डा.अञ्जान शाक्यले पनि सहभागिता जनाएकी छन्।

आकस्मिक विफ्रिङ कार्यक्रममा नेपाली राजदूत डा.शाक्यले नेपाल शान्तिको पक्षधर मुलुक रहेको जनाउँदै मध्यपूर्वमा छिटै शान्ति र अमनचैन बहाल होस् भनी कामना गरेकी थिइन्। राजदूत डा.शाक्यले इजरायली प्रधानमन्त्रीसमक्ष इजरायलमा रहेका नेपालीहरुको समस्या समेत राखेकी थिइन्। राजदूत डा.शाक्यले राखेको समस्यामा इजरायली प्रधानमन्त्री नेतान्याहुले आफ्ना मन्त्रीलाई तत्काल समाधान गर्न संवोधन गरेका थिए।


प्रकाशन मिति–२०७८ साल जेठ ६ गते विहीवार ।