काठमाडौं। इजरायलका लागि लोकप्रिय नेपाली राजदूत डाक्टर अञ्जान शाक्यले इजरायलमा कोरोनाभाइरस विरुद्धको खोप लगाएकी छन्। पि–फाइजर भ्याक्सिन नामक कोरोनाभाइरस विरुद्धको पहिलो खोप राजदूत डाक्टर शाक्यले लगाएकी हुन्।

इजरायलमा कोरोनाभाइरस विरुद्धको खोप लगाउन स्वास्थ्य बिमा अनिवार्य गरिएको कारण इजरायलमा रहेका सवै नेपालीलाई अनिवार्य स्वास्थ्य बिमा गर्न र गराउन राजदूत डाक्टर शाक्यले अनुरोध समेत गरेकी छन्। इजरायलमा हालसम्म २५ लाखभन्दा बढीले कोरोनाभाइरस विरुद्धको खोप लगाइसकेका छन्।

ज्येष्ठ नागरिक तथा फ्रन्टलाइनमा कार्य गर्नेहरुलाई खोप दिने सूचिको प्राथमिकतामा राखिएको इजरायल सरकारले जनाएको छ। यस कार्यमा इजरायलमा रहेका रिटायर्ड डाक्टर, नर्स, इमरजेन्सी मेडिकल एड वर्करहरु समेतले भोलियन्टरका रुपमा सरकारलाई सघाइरहेको जानकारी पनि इजरायल सरकारले दिएको छ।

हालसम्म ४० वर्ष वा सोभन्दा माथिका व्यक्तिहरुलाई खोपाइएको भएपनि छिट्टै सबैलाई खोप दिने गरी इजरायल सरकारले निर्णय गर्न लागेको छ।


प्रकाशन मिति–२०७७ साल माघ १२ गते सोमवार ।