इजरायल । इजरायलको तेल अभिब स्थित सिटी सिनेमाको अडिटोरियममा नेपाल भ्रमण बर्ष २०२० को प्रबद्र्धनात्मक नेपाल इभनिङ कार्यक्रम संपन्न भएको छ। तेल अभिब स्थित नेपाली राजदुतावासको आयोजना र नेपाल पर्यटन बोर्डको सहयोगमा नेपाल इभनिङ कार्यक्रम भएको हो।

नेपाल सरकारका पर्यटन मन्त्री योगेश भट्टराईको प्रमुख आतिथ्यतामा भको कार्यक्रममा इजरायल सरकारका उच्च अधिकारीहरु, सांसदहरु, ट्रावल तथा एयरलाइन्सका प्रतिनिधिहरु, ब्यबसायीहरु बिभिन्न देशका राजदुतहरु, पत्रकारहरु लगायत करिब २०० इजरायली र करिब १०० नेपालीहरुको सहभागिता रहेको थियो।

इजरायलका लागि नेपाली राजदुत डाक्टर अञ्जान शाक्यले स्वागत मन्तब्य राख्दै भिजिट नेपाल २०२० को महत्व र विशेषताका वारेमा प्रकाश पारेकी थिइन्। कार्यक्रममा नेपाल पर्यटन बोर्डका तर्फबाट बरिष्ठ निर्देशक नन्दिनी थापाले नेपाल भ्रमण बर्षका बारेमा सचित्र प्रस्तु्ति दिने कार्य भएको थियो। ।

इजरायली नागरिक युरी सेलाले नेपाल भ्रमणको अनुभव मन छुने किसिमले प्रस्तु गरेका थिए। भ्रमण बर्षको उदेश्य र नेपालको परिस्थितीका बारेमा नेपाल सरकारका पर्यटन मन्त्री योगेश भट्टराइले नेपाल सरकारको धारणा प्रस्तुत गरेको थिए।

कार्यक्रममा खोलिएको चिठ्ठाबाट टर्कीस एयरबाट इजरायल– काठमान्डौ–इजरायलको हवाई टिकट एक तथा नेपाल पर्यटन बोर्डका तर्फबाट दुई जनालाई होटल तथा माउन्टेन फ्लाईटको निःशुल्क अफर प्रदान गरिएको थियो। कार्यक्रममा मनमोहक नेपालको शान तथा गौरबमय नेपाली सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो।
प्रकाशन मिति–२०७६ साल फागुन ५ गते सोमवार ।