काठमाडौं। देश वाहिर इजरायल प्रवासमा पहिलो पल्ट कलश यात्रा भएको छ। इजरायलमा पहिलो पल्ट माँ पाथिभरा भक्ति समाजको आयोजनामा कलश यात्रा भएको हो।

भगवान श्रीकृष्णको श्रीकृष्ण जन्माष्टमीको दिनमा भगवान श्रीकृष्णको भक्तिगान सहित भव्य रुपमा कलश यात्रा संपन्न भएको छ। जसमा इजरायल बस्ने प्राय नेपालीहरुको विशेष सहभागिता रहेको थियो। आस्था र भक्तिका साथमा माँ पाथिभरा भक्ति समाजले संस्थागत रुपमा गरिएको यसप्रकारको भव्य कलश यात्राले नेपालीहरुमा भएको भक्तिभाव र सहिष्णुता तथा एकताको प्रदर्शन भएको थियो।

त्यसको अलावा श्रीकृष्ण झुला कार्यक्रम पनि गरिएको माँ पाथिभरा भक्ति समाजका संस्थापक मध्येकी एक इलित्रा क्षेत्रीले इजरायलवाट भिजन संसार डटकमलाई बताएकी छन्। किन्डुप तामाङलाई बालगोपाल बनाएर भगवान श्रीकृष्णको प्रतिरुपको रुपमा प्रदर्शन गरिएको अत्यन्त आकर्षक बनेको थियो। पहिलो पल्ट यसरी इजरायलमा कलश यात्रामा सहभागिता जनाउन पाउंदा इजरायलमा रहेका नेपालीहरुले गर्बता महशुश गरेका छन्।

प्रकाशन मिति–२०७६ साल भदौं ८ गते आइतवार ।