FLASH Back

काठमाडौं। इलित्रा क्षेत्रीको परिचयको कुरा गर्ने हो भने, कुनै नेपाली मोडल भने होइन। तथापि, इलित्राका फोटोग्राफीले उनलाई हरदम मोडलको परिचय दिइरहेको छ।

पूर्वीनेपालको झापा थाकथलो भएतापनि एक दशक अगाडि देखि इलित्रा इजरायलमा कार्यरत रहेकी छन्। इजरायलमा आम नेपाली जस्तै कार्यमा व्यस्त इलित्रा पाथिभरा माताको अनन्य भक्तिनी पनि हुन। विशेषत दशैं लगायतका महान नेपाली पर्वहरुमा जल तथा अन्न पनि नखाइकन नौ दिनसम्म पनि ब्रत बस्ने कार्य इलित्राले केही बर्षयता गर्दैआएकी छन्।

माता पाथिभरा भक्ति समाज इजरायलको अगुवाको रुपमा रहेकी इलित्राले यस संस्था मार्फत पनि इजरायल तथा नेपालमा विभिन्न सामाजिक सेवात्मक कार्य गर्दैआएकी छन्। श्रीमान डेनडुप तामाङ इजरायलमा कुशल फोटोग्राफर भएको कारण टाइमपास गर्ने माध्यमका रुपमा फोटो खिचाउने इलित्राको अर्को रुचि पनि हो।

इजरायलमा दुवैको कामवाट फुर्सद भएको बेला दुवै तयार भएर फोटो खिचाउने र खिच्ने रुचिले गर्दा नै इलित्रालाई मोडल जस्तो बनाएको हो। सात बर्षदेखि फोटो खिच्ने र खिचाउने क्रमलाई इलित्रा र डेन्डुपले गर्दैआएका छन्।

यसक्रममा दुवैले सात बर्षअघि खिचाएको र खिचेको यो फोटो यतिखेर जारी लकडाउनमा हेर्दा अत्यन्त उत्कृष्ट देखिएको छ। सात बर्षअगाडिको फोटोलाई दुवैले फर्केर हेर्दा दुवैलाई गजब लागेको छ।


प्रकाशन मिति–२०७७ साल जेठ १३ गते मंगलवार ।