इजरायल । नेपाली हिन्दूहरुको महान पर्व बडादशैंको अवसरमा इजरायलको तेलअभिभ स्थित पाथिभरा मन्दिर परिसरमा सवाँलाख बत्ति बालेर सवैको सुख–समृद्धि र निरोगिताको कामना गरेको छ।

इजरायल स्थित माँ पाथिभरा भक्ति समाजको आयोजनामा सवाँलाख बत्ति प्रज्ज्वलन कार्यक्रम भएको हो।

कार्यक्रममा इजरायलमा रहेका नेपाली कन्याहरुको पनि पूजा गरिएको जानकारी आयोजक माँ पाथिभरा भक्ति समाजकी अध्यक्ष इलित्रा क्षेत्रीले दिएकी छन्।

अध्यक्ष क्षेत्रीका अनुसार, हरेक बर्षको बडादशैंमा माँ पाथिभरा भक्ति समाज इजरायलले विविध धार्मिक तथा सामाजिक कार्यहरु गर्दैआएको छ। यसअघिका बर्षहरुमा बडादशैंको नवरथाभरि अध्यक्ष क्षेत्री स्वयम् निराहर ब्रत बसेर शरीरमा जमरा उमार्ने कार्य गरिदैआएकोमा त्यो भने, यो बर्ष नभएतापनि अर्को बर्ष हुनेछ।

नेपाल र नेपाल वाहिर रहेका सवै नेपालीहरुको सुख–समृद्धि र निरोगिताको लागि आफूहरुले कामना गरेको जानकारी पनि अध्यक्ष क्षेत्रीले भिजन संसार डटकमलाई दिएकी छन्।
प्रकाशन मिति–२०७८ साल असोज २९ गते शुक्रवार ।