काठमाडौं। इजरायलमा रहेकी नेपाली सामाजिक अभियन्ता इलित्रा क्षेत्रीवाट झापाको बुधवारेमा सामूहिक भोजन कार्यक्रम भएको छ। नयाँ बर्ष २०७६ सालको अवसरमा सामाजिक अभियन्ता इलित्रा क्षेत्रीको सहयोगमा मातृछायाँ परिवारको आयोजनामा भोजन कार्यक्रम भएको हो।

इजरायलवाट इलित्रा क्षेत्रीले भिजन संसार डटकमलाई जानकारी दिएअनुसार, झापा बुधवारे स्थित श्री आनंदेश्वर संस्कृत पाठशालाका २० जना वटुक तथा आश्रम सहयोगी सहित ३० जनाको लागि मिष्ठान्न भोजन गराउने कार्यक्रम मातृछायाँ परिवारले गरेको हो।

मातृछायाँ परिवारका सदस्यहरु आफैले मिष्ठान्न भोजन तयार पारेर भोजन गराउने कार्यक्रम गरिएको मातृछायाँ परिवारले समेत जनाएको छ। सोही कार्यक्रममा मातृछायाँ परिवारकी सानी सदस्य तपस्या बस्नेतले त्यहाँ शैक्षिक सामाग्री वितरण गरेकी थिइन्। इलित्रा क्षेत्री मातृछायाँ परिवारका सदस्य पनि हुन्।

नेपाल वाहिर परदेशमा रहेर नेपालमा आफूले सक्दो सेवा तथा सहयोग गर्ने कार्य इलित्रा क्षेत्रीवाट हुंदैआएको छ। यसअघि बारा तथा पर्साका आँधीबेरी पीडितहरुका लागि पनि सहयोग गर्ने कार्य इलित्रा क्षेत्रीवाट भएको थियो।
प्रकाशन मिति–२०७६ साल बैशाख २ गते सोमवार ।