काठमाडौं। मार्च २१ देखि २८ सम्म इजिप्टको हुर्घादा सहरमा टिभी स्टार्ट इन्टरनेशनल टिभी फेस्टिवलद्वारा आयोजित ब्युटी पेजेन्ट कार्यक्रममा ‘मिनी मोडल वल्ड २०१९’ को उपाधि नेपालकी ५ वर्षिया प्रिन्शा खड्काले जितेकी छन। कार्यक्रममा मिनी मोडेल २०१९ का साथै उत्कृष्ट डान्सरको उपाधि पनि प्रिन्शाले नै जितेकी थिइन्।

इभेन्ट म्यानेजमेन्टको अगणी कंपनी मर्निङ ग्लोरी इन्टरटेनमेन्टको आयोजनामा मिनी लिटिल च्याप्प २०१९ को टाइटल जितेर अन्तर्राष्ट्रिय रूपमा नेपालको प्रतिनिधित्व गरेकी प्रिन्शा सहभागी मध्यकै सबैभन्दा कम उमेरकी भएपनि मिनीतर्फ मिनी मोडेलका साथै उत्कृष्ट डान्सरको पनि उपाधि हासिल गरेकी हुन्।

वालवारिका इन्टरनेशनल स्कुलमा युकेजीमा पढ्ने प्रिन्शा अन्तर्राष्ट्रिय मिनी मोडलमा भाग लिन आयोजक मर्निङ ग्लोरीकी कार्यकारी प्रमखु मोहना क्षेत्रीसँग गत मार्च २० मा इजिप्ट गएकी थिइन्। मार्च २१ देखि २८ तरिकासम्म संसारभरका विभिन्न देशबाट १८ वर्षमुनिका ४५ जना सहभागी रहेको उक्त कार्यक्रम ८ दिनसम्म त्यहाँ स्थित परिचित पाँचतारे होटेल द क्यारेवियन वल्ड रिसोर्टमा चलेको थियो।
प्रकाशन मिति–२०७५ साल चैत्र १६ गते शनिवार ।