ittabhatta in Ittahariकाठमाडौ। सुनसरीको इटहरी उपमहानगरपालिका–१२ स्थित न्यू जयनेपाल इँटाभट्टामा सोमबार साँझ विस्फोट हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ। घटनामा ४० जनाभन्दा बढी घाइते भएका छन्।

मृत्यु हुनेमध्ये ३ जनाको मात्र सनाखत भएको छ। मृतकहरुमध्ये भारत विहारका मिथिलेश यादव, इटहरी–२० का शिवनारायण चौधरी र इटहरी–१६ का भगलीदेवी चौधरीको सनाखत भएको प्रहरीले जनाएको छ।

7_killed_in_Ittavitta4_649164117

गम्भीर अवस्थाका घाइतेहरुलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको र अन्य घाइतेहरुको स्थानीय अस्पतालमै उपचार भइरहेको छ। प्रारम्भिक अनुसन्धानबाट इँटाभट्टाको चिम्नीमा आगो थुनिएर विस्फोट भएको थाहा भएको पनि प्रहरीले जनाएको छ ।

प्रकाशन मिति–२०७२ साल मंसिर २८ गते सोमवार।