काठमाडौ। नेपालका इन्टरनेशनल कोरियोग्राफर राज फैंजु इण्डिया ग्ल्याम फेसन वीकको अफिसियली कन्ट्री हेडमा नियुक्त गरिएको छ। इण्डिया ग्ल्याम फेसन वीकले नेपालका लागि इन्टरनेशनल कोरियोग्राफर फैंजुलाई कन्ट्री हेडमा नियुक्त गरेको जनाएको छ।

अव इन्टरनेशनल कोरियोग्राफर फैंजुको संयोजन तथा आयोजनामा नेपालमा बृहत इण्डिया ग्ल्याम फेसन वीक हुने भएको छ। जसको तयारीको लागि आफू गृहकार्यमा रहेको जानकारी पनि इन्टरनेशनल कोरियोग्राफर फैंजुले बताएका छन्।

जसमा भारतका ख्यातिप्राप्त एक से एक मोडलहरुको व्यापक सहभागिता हुने जानकारी पनि इन्टरनेशनल कोरियोग्राफर फैंजुले भिजन संसारलाई दिएका छन्। नेपालका एक से एक मोडलहरुलाई पनि सहभागिता गराइने पनि फैंजुले भनेका छन्।

नेपालको पहिचान र पहिरनलाई फेसन वीक मार्फत विश्वका मोडल मार्फत फैलाउने आफ्नो चाहना र सोच अनुरुप कार्य गर्ने पनि उनले बताए। रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीका फाउण्डर डाइरेक्टर समेत रहेका फैंजु इन्डो नेपाल कल्चर एक्सचेञ्ज प्रोग्रामका नेपाल कन्ट्री डाइरेक्टर पनि हुन्।प्रकाशन मिति–२०७५ साल जेठ १३ गते आइतवार ।