काठमाडौ। नेपालकी अत्यन्त चर्चित न्यायाधिस सपना मल्ल प्रधानले कहिले पनि आफ्नो श्रीमानलाई श्रीमान भन्ने गरेकी छैनन्। श्रीमानलाई दुलहा भन्न नै न्यायाधिस मल्लले रुचाएकी छन्। अनि आफूलाई श्रीमानको श्रीमती नभइकन दुलही भनेको नै रुचाउंछिन्।

विवाह पश्चात बदलिएको त्यो संवन्धमा आफ्नो कानूनी पेशाको कारण कार्य सम्पादनका क्रममा धेरैलाई श्रीमान भन्दा–भन्दै आफ्नो श्रीमानलाई श्रीमान भन्न नै मन नपरेको काठमाडौमा आयोजित ९४औं
इन्टरनेशनल इनर व्हील डेको अवसरमा इनर व्हील डिस्ट्रिक्ट ३५० ले आयोजना गरेको कार्यक्रममा विशेष अतिथिको आसनवाट बोल्ने क्रममा न्यायाधिस प्रधानले यस कुराको खुलासा गरेकी हुन्।

कानूनी पेशामा न्याय दिने न्यायाधिसलाई बहस गर्ने क्रममा पटक–पटक श्रीमान भन्नु पर्ने र कुनै कार्यक्रममा संवोधन गर्दापनि अनिवार्य श्रीमान भनेर संवोधन गर्नुपर्ने जस्ता कार्यले गर्दा कतिपय प्रारम्भका अवस्थामा आफूलाई असहज अवस्था आएको समेत न्यायाधिस प्रधानको नमिठो अनुभव रहेको छ।

त्यो तितो यथार्थ अवस्थावाट गुज्रदा कानूनी पेशामा एक विवाहिता या अविवाहिता महिलालाई धेरैपल्ट पुरुष या महिलालाई श्रीमान भन्नु पर्ने तथ्यले नजिकका आफन्त तथा नातागोताले समेत तिम्रो त कति धेरै श्रीमान र कतिलाई तिमी श्रीमान भन्छौ भन्दा सामाजिक लोकाचार पालना गर्ने क्रममा लाज हुने जस्ता तथ्यलाई प्रधानले प्रस्तुत गरेकी छन्।

जसवाट सवैलाई न्याय दिने कानून पेशामा समेत पुरुषवादको हैकम हुनु र पितृसत्ताको गन्ध पाइनु यो श्रीमान संवोधन पनि हो भनेर प्रधानले जिकिर गरेकी छन्। यसले गर्दा आफ्नो पेशामा न्यायाधिसहरुलाई श्रीमान भन्ने पटक–पटक संवोधन गर्नुपरेतापनि विवाहको दिन आफ्नो फुपुसासुले आफूलाई दुलही भनेर गरेको संवोधनवाट प्रेरित बनेर श्रीमानलाई दुलहाले भनेको लामो बृतान्त तथा तथ्यपरक यथार्थ न्यायाधिस प्रधानले सुनाएकी हुन्।

त्यसक्रममा आफू कर्पोरेट लयर बनेर कार्य गर्दा कयन पल्ट महिलालाई न्याय दिन खोज्दा पनि आफू असफल बनेको तथ्य पेश गर्दै नेपालको कानून पितृसत्तावाट पृथक बन्न नसक्दा त्यस्तो अवस्था आएको स्वीकारेकी छन्। न्यायमा पनि अन्य क्षेत्रमा जस्तै महिलालाई विभेद हुने गरेको र विभेदवाट उन्मुक्ति दिन आफू लगायत धेरैजना न्यायाधिसले प्रयास गरिरहेको समेत न्यायाधिस प्रधानले उल्लेख गरेकी छन्।

महिलाको विषयमा सामाजिक तथा प्राकृतिक अवस्था नै विभेदको परिचायक बनेको तथ्यलाई नजिरको रुपमा प्रस्तुत गर्दै न्यायाधिस प्रधानले त्यो विभेदको अन्त महिला स्वयंले गर्नु आवश्यक भएको तथा त्यसमा पुरुषको सहयोग र साथको जरुरी पनि भएको स्वीकार्दै आफू सुत्केरी भैसकेपछि बच्चा हुर्काउने कार्यमा आफ्नो दुलहाले गरेको सहयोग र साथ अनि सहकार्यको खुलेर प्रशंशा गरिन्।

बलात्कारमा मात्र नभइकन बैबाहिक बलात्कारमा समेत न्यायले महिलालाई उच्च स्थान दिएको कुरा उल्लेख गर्दै सहमतिमा सहवास नभएमा त्यो बैबाहिक बलात्कार हुने र त्यसको उजुरी कुनैपनि महिलाले गरेमा तिनको पतिलाई कम्तिमा पाँच बर्षको कारागारको सजाय हुने कानूनमा स्पष्ट उल्लेख भएको स्पष्ट गर्ने कार्य पनि उनले गरेकी छन्। महिला आफै सक्षम भएर अन्याय तथा विभेदको विरुद्ध आवाज बुलन्द गर्न सकेमा कही पनि अन्याय तथा विभेदमा पर्न नपर्ने तर्क पनि राख्ने कार्य न्यायाधिस प्रधानवाट भएको छ।

कार्यक्रममा आयोजक इनर व्हील डिस्ट्रिक्ट ३५० की डिस्ट्रिक्चट चेअरमेन कमला महर्जन सुवालले विशेष अतिथि न्यायाधिस प्रधानलाई प्रधानको मुहार चित्र अंकित तस्बीर प्रदान गरेर विशेष सम्मान प्रदान गरेकी थिइन्। कार्यक्रममा संवोधन गर्ने क्रममा डिस्ट्रिक्चट चेअरमेन कमला महर्जन सुवालले इनर व्हील क्लव स्थानीय, राष्ट्रिय र अन्तरराष्ट्रिय सेवा गर्ने महिलाहरुको सवैभन्दा ठूलो संस्था भएको बताएकी छन्।

यसमा संसारका १ सय ३ भन्दा बढी राष्ट्रहरुमा ३ हजार ८ सय ९५ क्लबका १६८ डिस्ट्रिक्टहरुमा १ लाखभन्द बढी महिला सक्रिय रहेको डिस्ट्रिक्चट चेअरमेन सुवालले जानकारी दिएकी छन्। प्रत्येक बर्षको जनवरी १० का दिनलाई इनर व्हीलको विशेष दिनको रुपमा मनाउने क्रममा इन्टरनेशनल इनर व्हील डे भनेर मनाउने शुरु भएको बताउंदै यस दिनलाई आफूहरुले आपसी सदभाव, मित्रता र एकता विकास गर्दै आफ्नो जीवनलाई सार्थक बनाउने दिनका रुपमा लिएको पनि डिस्ट्रिक्चट चेअरमेन सुवालले भनेकी छन्।

कार्यक्रममा स्वागत भाषण पास्ट डिस्ट्रिक्ट चेअरमेन कमल प्रभा खरेल तथा धन्यवाद ज्ञापन इमिडेट पास्ट डिस्ट्रिक्ट चेअरमेन विजय लक्ष्मी श्रेष्ठले व्यक्त गरेकी हुन्। कार्यक्रममा वेलकम डान्सको रुपमा मन्जुश्री डान्स समेत प्रस्तुत गरिएको थियो।


प्रकाशन मिति–२०७४ साल पुष २६ गते बुधवार ।