Grand Mother's Mother Dil Shova Shrestha Awarded by Inap Special Award.
Grand Mother’s Mother Dil Shova Shrestha Awarded by Inap Special Award.

काठमाडौ। हजुरआमाहरुकी पनि आमा सवैकी आमाको रुपमा समाजसेवाको माध्यमवाट उत्कृष्ट काम गर्दैआएकी आमाघरकी आमा दिलशोभा श्रेष्ठ इनाप विशेष सम्मानवाट सम्मानित बनेकी छन्।

inap-co-operative-progm-5

काठमाडौमा शुक्रबार आयोजित इनाप बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आठौ बार्षिक साधारण सभामा दिलशोभा श्रेष्ठले आमाहरुको सेवामा विगत दुई दशक देखि दिदैआएको योगदानको कदर स्वरुप इनाप विशेष सम्मान प्रदान गरिएको हो।

Grandmother's Mother Dil Shova Shrestha
Grandmother’s Mother Dil Shova Shrestha

कार्यक्रममा इनाप बचत तथा ऋण सहकारी संस्था लिमिटेडका संस्थापक अध्यक्ष महेश स्थापित र विशेष अतिथि काठमाडौ महानगरपालिकाका पूर्वमेयर राजाराम श्रेष्ठले संयुक्त रुपमा दोसल्ला तथा सम्मान पत्र प्रदान गरेर सम्मानित गरिएको छ।

सम्मान समारोहमा इनाप बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत आमाघरमा आश्रित आमाहरुको लागि नगद २५ हजार बराबरको तातो खाना राख्नका लागि दुई ठूला हट–पट तथा वाटर डिस्पेन्सरी लगायत एक सिलिण्डर ग्याँस र दुई बोरा चामल पनि प्रदान गर्ने कार्य भएको छ।

inap-co-operative-progm-2

आमाघरमा आवश्यक सूचना बोर्ड इनाप बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष महेश स्थापितको व्यक्तिगत खर्चमा प्रदान गर्ने कार्य पनि भएको छ। इनापको तर्फवाट प्राप्त सम्मान तथा सहयोगवाट आफू अत्यन्त खुशी भएको र आमाघरमा रहेका सवै आमाहरुको तर्फवाट कार्यक्रममा इनापको उत्तरोत्तर प्रगतिको लागि सम्मानित आमा दिलशोभा श्रेष्ठले आशीष दिएकी थिइन्।

Mr. Mahesh Sthapit- Chairman of Inap Saving & Credit Co-operative Society Ltd.
Mr. Mahesh Sthapit- Chairman of Inap Saving & Credit Co-operative Society Ltd.

सम्मानित आमा दिलशोभा श्रेष्ठको प्रमुख आतिथ्यमा भएको इनापको आठौ बार्षिक साधारण सभामा इनापका संस्थापक सचिव डेविड श्रेष्ठले सवै शेयरधनी, बचतकर्ता तथा कर्मचारीहरुको उल्लेखनिय योगदानको कारण इनाप सफलताको आठौ बर्ष पूरा गर्न सफल भएको बताए।

Mr.Devid Shrestha-Secretary of Inap Saving & Credit Co-operative Socity Ltd.
Mr.Devid Shrestha-Secretary of Inap Saving & Credit Co-operative Socity Ltd.

संस्थापक अध्यक्ष महेश स्थापितले संचालक समितिकोतर्फवाट आ.व.२०७२–०७३ सालको बार्षिक प्रतिवेदन पेश गरेका थिए। इनापका कोषाध्यक्ष राजेश स्थापितले आर्थिक प्रतिवेदन पेश गर्दै आ.व.२०७२–०७३ सालमा विभिन्न प्राकृतिक प्रकोप तथा नाकाबन्दी जस्ता समस्या झेलेर भएपनि संस्था नाफामा पुग्न सफल भएको उल्लेख गरे।

inap-co-operative-progm-4लेखा समितिको प्रतिवेदन मंगलादेवी बज्रचार्यले पेश गरिएको बार्षिक साधारण सभामा रविन्द्र प्रसाद श्रेष्ठले धन्यवाद ज्ञापन गरिएको थियो। विशेष अतिथि काठमाडौ महानगरपालिकाका पूर्वमेयर राजाराम श्रेष्ठले सहकारीको सिद्धान्त तथा अवधारणा अनुरुप चलेर इनापले आठौ बर्ष पार गरेर नवौं बर्षमा प्रवेश गरेकोमा बधाई ज्ञापन गरेका थिए भने, आमन्त्रित अतिथि ओम्नी बहुउदेश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष प्रकाशमान श्रेष्ठले पनि शुभकामना दिएका थिए।

inap-co-operative-progm-3कार्यक्रममा ज्येष्ठ शेयरधनी, क्रमिक बचतकर्ता तथा उत्कृष्ट कर्मचारीहरुलाई पनि सम्मान प्रदान गरिएको थियो।
प्रकाशन मिति–२०७३ साल पुष ८ गते शुक्रबार ।