लण्डन। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास–युके) बेलायतको तेश्रो अधिवेशन भव्य रुपमा संपन्न भएको छ। रजनी सुनुवारको अध्यक्षता तथा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजका ग्लोबल महासचिव मनिषकुमार श्रेष्ठ र संस्थाकै ग्लोबल सल्लाहकार दीपक श्रेष्ठको सहभागितामा तेश्रो अधिवेशन संपन्न भएको हो।

दक्षिण पूर्वी लण्डनको प्रसिद्ध गोर्खा क्लब, प्लमस्टेडमा सम्पन्न तेश्रो अधिवेशनले कलाकार तथा व्यवसायी विनोद चिपालुलाई अध्यक्षमा सर्व–सम्मत निर्वाचित गरेको थियो। वरिष्ठ उपाध्यक्षमा सिम्मी पुन, महासचिवमा सञ्जय भक्त कँडेल, सचिवमा गुणदेव घिमिरे, कोषाध्यक्षमा राजेन्द्र खस, सदस्यहरुमा सर्वेन्द्र अधिकारी,लालमणी भट्टराई, विकेशराज बस्नेत, निरु कंडेल, रोनुस ओझा, सुशील गुरुङ, ज्ञानेन्द्र गुरुङ, सत्य प्रजापति सर्वसम्मत बनेका थिए।

इनास–युकेका पूर्व उपाध्यक्ष तथा पासा पुचःगुठी बेलायतका महासचिव सुशील प्रजापतिले स्वागत मन्तब्य दिएका थिए। कोषाध्यक्ष दीपक थापाको आर्थिक प्रतिवेदन र महासचिव सञ्जयभक्त कँडेलको प्रगति प्रतिवेदनलाई इनास–युकेले पारित गरेको थियो।

एनआरएनए बेलायतका उपाध्यक्ष लीलतकुमार न्यौपानेको मुख्य आतिथ्यमा सम्पन कार्यक्रममा विशिष्ट अतिथिको रुपमा नेपाल प्रेस युनियन बेलायतका संयोजक विपिन निरौला, जन सम्पर्क समिति बेलायतका उपाध्यक्ष सुरज केसी, प्रतिभा नक्षत्रकी अध्यक्ष सिम्मी पुन, नेपालीहरुको पुरानो संस्था यति संघका कोषाध्यक्ष जीवन सेन,एनआरएनए बेलायतका उपमहासचिव विनय अधिकारी, नेपाल संसार डटकमका सम्पादक मन्दिप केसी, प्राध्यापक तथा गायक सर्वेन्द्र अधिकारी, इनास–युकेका सल्लाहकार तथा समाजसेवी यादव भण्डारी, लव गौतम, लालमणी भट्टराई, बुद्ध फ़ाउन्डेशनका सचिव सुरेन रुपाखेती लगायतका अतिथिहरुको विशेष उपस्थिति रहेको थियो।

प्रकाशन मिति–२०७५ साल चैत्र ४ गते सोमवार ।