काठमाडौं। अन्तरराष्ट्रिय नेपाली कलाकार समाज (इनास)को यूके शाखाले बेलायतस्थित दुई दर्जन नेपाली कलाकारलाई स्वागत गरेको छ। आइतबार साउथ इष्ट लन्डनको वुल्वीचस्थित माया दिदी रेष्टुरेन्टमा एक कार्यक्रम गरी उनीहरुलाई संस्थामा स्वागत गरिएको हो।

इनास यूकेका अध्यक्ष विनोद चिपालुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बेलयतमा रहेर नेपाली कलाकारितामा सक्रिय रहेका कलाकारहरुलाई स्वागत गरिएको थियो । गायक, गायिका, संगीतकारदेखि मोडेल, कोरियोग्राफर र चित्रकारसम्मका कलाकारलाई इनासले स्वागत गरेको छ ।

इनास यूके अध्यक्ष चिपालु, इनास ग्लोबलका उपाध्यक्ष मनिषकुमार श्रेष्ठ, इनास यूकेका संस्थापक अध्यक्ष सनमकुमार वैराग, पूर्व अध्यक्ष रजनी सुनुवार, बुद्ध फाउण्डेसन यूकेका अध्यक्ष दीपक श्रेष्ठ, प्रतिभा नक्षत्र यूकेकी अध्यक्ष सिम्मी पुन लगायतले कलाकारहरुलाई इनास यूकेका तर्फबाट स्वागत गरेका थिए।

इनासद्धारा स्वागत गरिएका कलाकारहरुमा गायक नोर्बु घले, गायक गेहेन्द्रमान शाक्य, रचनाकार टंक थापा, गायक आवेश कुइंकेल, गायक नील पुन, मोडेल दीपक मैथाने, मोडेल आस्था जोशी, मोडेल प्रसुना कंडेल, गायक सन्तोष विक, गायक मीनबहादुर राना लगायत छन् ।

त्यसैगरी, संगीतकार सुनिल न्यौपाने, रेकर्डिस्ट शिव भण्डारी, कोरियोग्राफररमोडेल सुस्मिता थापा, गायक अमित मगर, कोरियोग्राफर सुनिता थापा गौतम, निर्देशकरक्यामेराम्यान आशिष श्रेष्ठ, आयुषा श्रेष्ठ, मोडेल विभिया श्रेष्ठ लगायतका कलाकारलाई पनि इनास यूकेले स्वागत गरेको छ ।

कार्यक्रममा इनास यूकेका अध्यक्ष विनोद चिपालुले बेलायतस्थित सबै नेपाली कलाकारलाई एकत्रित गर्दै जाने इनासको प्रयासअनुसार कलाकारहरुलाई स्वागत गरिएको भनेका छन्।

प्रकाशन मिति–२०७८ साल फागुन १६ गते सोमवार ।