काठमाडौं । नेपाली म्युजिक भिडियोमा विलकुलै नयाँ प्रयोग भएको छ। त्यो प्रयोग गर्ने गायक तथा कलाकार इनेश रविन पियावाट भएको हो। आम नेपाली म्युजिक भिडियोमा गीतको वोल अनुसारको मोडल तथा कलाकारका अभिनयवाट हुने गरेको छ भने, त्यसको ठीक विपरित इनेशको कलाकारितामा नयाँ आयाम भनेको चित्रकला बनेको छ।

इनेश आफैले बनाएका चित्रकलालाई कार्टून विधिवाट चित्रलाई चलायमान बनाएर प्रयोग गरेर नेपाली म्युजिक भिडियोमा नयाँ आयाम थप्ने कार्य इनेशवाट भएको छ। चित्र आफै बोल्छ भनेजस्तै चित्रलाई इनेशको गायनको माध्यमवाट सजीव ढंगवाट वोल्न लगाउने कार्य भएको छ। गीतको बोल भूमरी राख्ने कार्य इनेशवाट भएपनि उनको गीतको पहिलो अन्तरा कथा जस्तै भयो जीवन मनछुने छ। संभवत यो गीतको मूलआशय नै कथा जस्तै भयो जीवन हो।

गीतको बोल बमोजिम अझ भनौ भने, कथाले मागेजस्तो कलाकारिता यस गीतको भिडियोमा हुनु विलकुलै नयाँ प्रयोग हो। अरुभन्दा फरक हो। गीत लेखन, परफर्म, म्युजिक कम्पोज, भिडियो सम्पादन देखि गायनसम्म इनेश जमेका छन्।

संगीत संयोजन सञ्जल भण्डारीको रहेको छ। मास्टरिङ, रिकर्डिङ तथा मिक्सिङ निश्चल भण्डारीले गरेका छन्। भिडियो एनिमेसन साहिल प्रधानको छ। भिडियो पिया रविन इन्टरटेन्टमेन्टवाट प्रस्तुत भएको छ।

 

प्रकाशन मिति–२०७९ साल माघ २८ गते शनिवार ।