काठमाडौ। नेपालको कोरियोग्राफीको इतिहासमा दुई दशक लामो निरन्तरताको रेकर्ड कायम गरिसकेका इन्टरनेशनल कोरियोग्राफर राज फैंजुको कोरियोग्राफीमा अभूतपूर्व रुपमा फेसन युनाइट्स संपन्न भएको छ।

काठमाडौको त्रिपुरेश्वर स्थित होटल ब्लु–स्टारमा आयोजित भव्य फेसन युनाइट्समा नेपालका एक से एक व्यावसायिक मोडलहरुको सहभागिता रहेको थियो। जसमा नेपाली चलचित्रका दुई ग्ल्यामर्स नायिकाहरु शुभेच्छा थापा र एलिजा गौतमले पनि गजबको क्याटवाक गरेर सवैको ध्यानाकृष्ट पारेको थियो।

साथमा इन्टरनेशनल कोरियोग्राफर फैंजु आफैपनि व्यावसायिक मोडलहरुका साथमा र्याम्पमा क्याटवाक गर्दा सवैको वाहवाही आएको थियो। यिनै बेजोड मोडलको छवि समेत राख्दैआएका इन्टरनेशनल कोरियोग्राफर फैंजु इन्टरनेशनल कोरियोग्राफीको क्रममा भारतको दिल्ली जाने भएका छन्।

फैंजु भारतको ख्यातिप्राप्त फेसन अर्गनाइजेसनले इन्डो–नेपाल कल्चरल एक्सचेन्ज प्रोग्रामको इन्टरनेशनल डाइरेक्टर समेत रहेका छन्।

यस कल्चरल एक्सचेन्ज प्रोग्रामको सिलसिलामा आफू त्यसतर्फ जान लागेको फैंजुले बताएका छन्। रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीका फाउण्डर डाइरेक्टर समेत रहेका फैंजुको इभेन्ट म्यानेजमेन्ट टीमले आगामी ज्येष्ठ महिनामा समर फेसन–शो गर्ने जानकारी पनि दिएको छ।

अव बर्षमा चारवटा मौसम अनुसारको फेसन–शो गर्ने पनि रेडियन्ट इभेन्ट म्यानेजमेन्टले निर्णय गरेको छर त्यसको अलावा बर्षको ६ वटा व्युटी प्याजेन्ट गर्दैआएको कार्यलाई पनि निरन्तरता दिने म्यानेजिङ डाइरेक्टर श्रीषा बैदार फैंजुले बताएकी छन्।


प्रकाशन मिति–२०७४ साल चैत्र २५ गते आइतवार ।