काठमाडौ। नेपालका इन्टरनेशनल कोरियोग्राफर राज फैंजुको कार्यक्रम संयोजनमा नेपाल इण्डिया ग्ल्याम फेसन–शो हुने भएको छ। त्यसको तयारीका क्रममा केही दिनअघि मात्र कोरयोग्राफर फैंजु भारतको नयाँदिल्ली पुगेका थिए।

नयांदिल्लीको यात्रा पूरा गरेर काठमाडौ फर्केका कोरियोग्राफर फैंजु र इण्डिया ग्ल्याम फेसन वीक कंपनीबीच दुई पक्षीय संझौता समेत भएको छ। त्यस संझौता बमोजिम कोरियोग्राफर फैंजुलाई इण्डिया फेसन ग्ल्याम वीक कंपनीले इण्डिया ग्ल्याम फेसन वीकको लागि नेपाल इन्टरनेशनल डाइरेक्टरमा नियुक्त गरिएको छ।

इण्डिया ग्ल्याम फेसन वीक कंपनीका फाउण्डर अरुणाले इन्टरनेशल कोरियोग्राफर फैंजु अत्यन्त प्रतिभाशाली कोरियोग्राफर तथा आयोजक भएको आफूले पाएको र सोही बमोजिम नेपालमा ग्ल्याम फेसन–शो गर्न जिम्मेवारी दिएको भनेकी छन्।

ग्ल्याम फेसन–शोमा नेपाल र भारतका व्यावसायिक मोडलहरुको विशेष प्रस्तुति रहने भएको छ। जसमा नेपाल र भारतका ड्रेस डिजाइनरहरुको नयाँ पहिरनको विशेष शो नै हुने भएको छ। त्यसको लागि आफू तयारीमा लागिरहेको जानकारी समेत कोरियोग्राफर फैंजुले भिजन संसारलाई भनेका छन्।

रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीका फाउण्डर डाइरेक्टर समेत रहेका फैंजु इन्डो नेपाल कल्चर एक्सचेञ्ज प्रोग्रामका नेपाल कन्ट्री डाइरेक्टर पनि हुन्।
प्रकाशन मिति–२०७४ साल चैत्र २९ गते विहीवार ।