ललितपुर। नेपालका इन्टरनेशनल कोरियोग्राफर राज फैजुको रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सी कंपनीको आयोजनामा फेसन युनाइटस् फेसन–शोको सेकेण्ड एडिसन हुने भएको छ। यही असार २९ गते शुक्रबार काठमाडौको त्रिपुरेश्वर स्थित ब्लु–स्टार होटलमा फेसन युनाइटस् फेसन–शोको सेकेण्ड एडिसन हुने भएको हो।

फेसन युनाइटस् २ मा २० जना व्यावसायिक नेपाली मोडलहरुले गजबको फेसन–शो गर्ने भएको छ। रिता लिम्बु, निर्मला केसी, सुजिना तण्डुकार, पृथा मुलेपति घिमिरे, रोजी बज्राचार्य, आशिका श्रेष्ठ प्रजापति र यंपु फेसन डिजाइनिङ इन्ष्टिच्यूटकी फाउण्डर डिजाइनर सानु बज्राचार्यले तयार पारेका ढाका कपडाका फेसनेबल पहिरनको अलावा सिल्क, पार्टीवेयर, क्याजुयल, समर लगायतका मोहक विभिन्न डिजाइनका पहिरनमा मोडलहरुले व्यावसायिक मनमोहक क्याटवाकका साथमा फेशन–शो गर्ने भएका छन्। कार्यक्रमको संयोजन श्रीषा बैदार फैंजुको हुने भएको छ।


प्रकाशन मिति–२०७५ साल असार २६ गते मंगलवार ।