काठमाडौं। नेपाली चलचित्रका इन्टरनेशनल डाइरेक्टर उदय सुव्वा दशैंको लगतै व्यापक बिजी बन्ने भएका छन्। दशैंको लगतै एकसाथ दुई चलचित्र इन्टरनेशनल डाइरेक्टर सुव्वाले निर्देशन गर्ने भएका हुन्।

मिसन क्यारेङ ग्याङ र आकाशे खेती नामक दुई चलचित्र निर्देशन गर्ने जानकारी सुव्वाले दिएका छन्। मिसन क्यारेङ ग्याङभन्दा पहिला चलचित्र आकाशे खेती निर्माण हुने सुव्वाको भनाई छ। कात्तिक ३० गतेवाट अत्यन्त हांस्यप्र्रधान–लभ स्टोरी मूभी आकाशे खेती निर्माण हुने भएको छ। मिसन क्यारेङ ग्याङको निर्माण भने पुषको अन्तिम हप्तावाट हुने भएको छ।

आकाशे खेतीमा चर्चित नायक गौरब पहाडी, तक्मे बूढो विल्सन विक्रम राई, हैंट बुद्धि तामाङ, राते काइँला सुनिल थापा, लभ्ली हिरोइन नीता ढुंगाना, रविन्द्र झा, रमा लिम्बू, प्रकाश भान्जा, लक्षु शर्मा लगायत उदय सुव्वाको विशेष अभिनय रहने भएको छ।

एसएस इन्टरनेशनल फिल्मस् प्रा.लि.को निर्माण रहने चलचित्र आकाशे खेतीमा सुम्निमा इङनाम, राजेश पायल राई, मेलिना राई, लोक पौडेलको गायन रहेको छ। गीत हरि उप्रेती तथा संगीत विकास चौधरी र बादल लिम्बूले दिएका छन्।

राजु किराँतीको फाइट कम्पोज, विक्रम जीसीको क्यामेरा तथा रामजी लामिछानेको डान्स रहने भएको छ। दर्जनौ दर्जन नेपाली चलचित्रका इन्टरनेशनल डाइरेक्टर उदय सुव्वाले एक पछि अर्को गरेर लगातार तीन चलचित्र निर्देशन गरेर रेकर्ड राखिसकेका छन्। सुव्वा निर्देशित चलचित्रहरु विश्वका विभिन्न मुलुकहरुमा प्रदर्शन हुंदैआएको छ।


प्रकाशन मिति–२०७६ साल असोज १६ गते विहीवार ।