काठमाडौं। कराँते खेलमा ब्लाँक बेल्ट उपाधि प्राप्त इन्टरनेशनल नेपाली खेलाडी तथा कराँतेका कुशल नेपाली प्रशिक्षक एवम् सुविख्यात अभिनेता तथा मोडल गौतम खाती यो वर्षकै सर्वोत्कृष्ट मोडल बन्न सफल भएका छन्। सर्वोत्कृष्ट मोडल पुरूष तर्फको अवार्ड एडभेन्चर स्टार समेत रहेका मोडल खाती यो बर्षकै सर्वोत्कृष्ट मोडल बनेका हुन।

लामो समयदेखि नेपाली मोडलिङ क्षेत्रमा कृयाशील मोडल खातीले नवौँ म्युजिक खबर म्युजिक अवार्ड २०२१ मा सबै प्रतिस्पर्धीहरुलाई पछि पार्दै वर्षकै सर्वोत्कृष्ट मोडल पुरूष तर्फको अवार्ड हात पारेका हुन । पर्यटन तथा संस्कृति मन्त्री माननीय प्रेम आलेको प्रमुख आतिथ्यमा आयोजित अवार्ड कार्यक्रम समारोहमा “कोरेको छु तिम्रो तस्बिर” वोलको गीतको म्युजिक भिडियोवाट सर्वोत्कृष्ट मोडल पुरूष तर्फको अवार्ड जितेका थिए।

विसं.२०७५ सालमा पन्ध्र हजार माथि उडिरहेको हेलिकप्टरवाट कराँते खेलको ब्लाँक बेल्ट ड्रेस लगाएर स्काइ ड्राइभ गरेर गिनिज बुक अफ वल्र्ड रेकर्ड राख्न सफल कीर्तिमानी खेलाडी खातीले यसअघि दर्जनौ दर्जन गीतका म्युजिक भिडियोहरुमा अभिनय गरेर बेग्लै उचाई कायम गरिसकेका छन्।

नायिका प्रियंका कार्की लगायतका नंबरी नायिकाहरुका नायक बनेर म्युजिक भिडियोहरुमा तहल्का मच्चाइसकेका छन्। अव नेपाली चलचित्रको अभिनयवाट अर्को कीर्तिमान राख्ने व्यापक तयारीमा छन्। चलचित्र क्रसबार मार्फत अर्को आयाम कायम गर्ने दौडमा गिनिज बुक अफ वल्र्ड रेकर्डका कीर्तिमानी कलाकार खाती रहेका छन्।

प्रकाशन मिति–२०७८ साल पुस १२ मंगलवार ।