काठमाडौं। इन्टरनेशनल नेपाली फिल्म डाइरेक्टर उदय सुव्वाको पछिल्लो चलचित्रको नाम नै आकाशे–खेती रहेको छ। यस चलचित्रको बाली उठाउने डेट अर्थात रिलिज डेट पनि तोकिएको छ। निर्देशक सुव्वाले भिजन संसार डटकमलाई दिएको जानकारी अनुसार, आकाशे–खेतीको बाली उठाउने डेट नयाँ बर्ष २०७७ सालको बैशाख २६ गतेवाट तोकिएको हो।

एस एस इन्टरनेशनल प्रस्तुतिमा निर्माण भएको चलचित्र आकाशे–खेती पूर्ण मनोरञ्जक तथा हांस्य–प्रधान रहेको ठोकुवा पनि निर्देशक सुव्वाको रहेको छ। विक्रमको छायाँकन, राजु किरातीको फाइट, राम जी लामिछानेको डान्स डाइरेक्सन रहेको यस चलचित्रमा विकाश चौधरीको संगीत रहेको छ।

आकाशे–खेतीमा बाली लगाउने कलाकारहरु विल्सन विक्रम राई तोक्मे बुढा ,गौरव पहाडी, निता ढुङ्गगाना, बुद्धि तामाङ्ग, रविन्द्र झा, रजनी गुरुङ्ग, अनुप याक्सो, रमा लिम्बु, लक्षु शर्मा, प्रकाश शर्मा लगायतको अभिनय रहेको छ।


प्रकाशन मिति–२०७६ साल पुस १५ गते मंगलवार ।