काठमाडौं। दुई बर्ष अगाडिवाट शुरु इन्टरनेशनल फिल्म फेस्टिवलको तेश्रो संस्करण हुने भएको छ। नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीको आयोजना गर्दैआएको इन्टरनेशनल फिल्म फेस्टिबलको तेश्रो संस्करण सन २०२० को फ्रेबुअरी महिनामा हुने भएको हो।

नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीका अध्यक्ष केपी पाठकका अनुसार, एकेडेमीले फिल्म राइटिङ्ग वर्कशप पनि हुने भएको छ। फिल्म राइटिङ्ग वर्कशप अगष्ट १३ तारिख देखि अगष्ट २१ सम्म मकवानपुरको नेवार वस्ती भित्र हुने जानकारी अध्यक्ष पाठकले दिएका छन्। यसमा सहभागी हुन १०हजार शुल्क तोकिएको छ।

इन्टरनेशनल फिल्म फेस्टिभलमा नेपाली फिल्मतर्फ बेस्ट फिल्मलाई एक लाख नगद राशी पुरस्कार दिनुका साथै डाइरेक्टर, राईटर, क्यामेरा पर्सन, एक्टर र एक्ट्रेसललाई ट्रफी सहित पुरस्कार प्रदान गरिने भनाई नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीका उपाध्यक्ष विजयरत्न तुलाधरको रहेको छ। त्यस्तै गरी बेष्ट डकुमेन्ट्री एउटालाई एक हजार डलर सहित माउन्ट एभरेष्ट अवार्ड र बेस्ट एनिमेटेड फिल्मलाई ७५० डलर सहित मन्जुश्री दिने पनि उपाध्यक्ष तुलाधरले भनेका छन्।

यस्तै गरी अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उत्कृष्ट फिल्म लाई १५०० डलर सहित गौतम बुद्ध अवार्ड, शर्ट फिल्मलाई ५००डलर को बागमती अवार्ड प्रदान गरिने भएको छ। एकेडेमीले ख्यातिप्राप्त अभिनेता रविन्द्र खड्का नेतृत्वको नेपाल चलचित्र कलाकार संघका नव निर्वाचित पदाधिकारीहरुको स्वागत तथा उनीहरुको सम्मान कार्यक्रम समेत गरेको छ।
प्रकाशन मिति–२०७६ साल जेठ ३२ गते शनिवार ।