ललितपुर। अपाङ्ग अधिकारको क्षेत्रमा अग्रणी संस्था इन्डिपेन्डेन्ट लिभिङ्ग सेन्टर ललितपुरले बृहत अपाङ्ग र्याली गरेर उनीहरुको अधिकारको सुनिश्चितताको लागि माग गरेका छन्।

मंगलवार आयोजित बृहत कार्यक्रममा जावलाखेल चोकबाट पुल्चोक स्थित ललितपुर महानगरपालिकाको कार्यालयको प्राङ्गणसम्म अपांगता भएका व्यक्तिहरूले सहयोगी सहितको र्याली गर्दै अपांगता सम्बन्धी नारा लगाउँदै, सर्वसाधरणालाइ पर्चा बाड्दै ललितपुर महानगरपालिकाको उप-मेयर गीता सत्याललाई ज्ञापन पत्र बुझाएको थियो।उक्त ज्ञापन पत्रमा अपाङ्गता भएका व्यक्तिहरूलाई महानगरपालिकाको नीति निर्माण र योजना तर्जुमा सहभागिता गराइनु पर्ने, ललितपुर महानगरपालिकालार्इ सफा, सुन्दर र अपाङ्गता मैत्री बनाइनु पर्ने, सहायक सामाग्री निर्माणका लागि Accessibility Technology Center बनाइनु पर्ने, अपांगता क्षेत्रमा बजेट विनियोजन गरिनु पर्ने तथा पूर्ण अशक्त लगायत सबै अपांगता भएका व्यक्तिहरूको सेवा सुविधा ज्ञापन पत्रमा उल्लेख गरिएको छ।

उक्त कार्यक्रममा मार्च ६ देखी १३ सम्म हुन गइरहेको २०१८ एशिया ट्राइ कोकोरोजासी माच्चुरी कम्बिडियामा नेपालको तर्फबाट ६ जना सहभागी हुने र एेक्यबद्धता जनाउने जानकारी समेत गराइएको थियो। यो कार्यक्रमलाइ AMDA Japan को सहयोग रहेको थियो।


प्रकाशन मिति–२०७४ साल फागुन १६ गते बुधवार ।