Earthquakeकाठमाडौ। इन्डोनेसियाको पश्चिमी लाम्पुङ्ग प्रान्तको सुमात्रा व्दीपमा सोमवार विहान ६ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको छ। इन्डोनेसियाको स्थानिय समय अनुसार विहान ११ बजेर २१ मिनेट गएको अवस्थामा गएको उक्त भूकम्प गएको हो।

भूकम्पवाट भएको जनधनको क्षतिको बारेमा विस्तृत विवरण आइनसकेको बताइएको छ। भूकम्पको प्रकोपले प्राय सताइरहने इन्डोनेसियामा सोमवार गएको भूकम्पको केन्द्रविन्दू ताङ्गगाम शहरवाट २३ किलोमिटरको दक्षिणपश्चिममा भू–सतहवाट १ सय १५ किलोमिटरको गहिराईमा रहेको जनाइएको छ। भूकम्पपछि सुनामी आउने चेतावनी दिइएको छैन्। एजेन्सी 
प्रकाशन मिति–२०७३ साल बैशाख २० गते सोमवार ।