Indira Joshi 1

काठमाडौ। पछिल्लो पुस्ताकी निक्कै नै चर्चित गायिका इन्दिरा जोशी यो बर्षबाट तीस बर्ष पुगेकी छन्। ६ दिदीबहिनीमा पाँचौ नंबरकी गायिका जोशीका सवै दिदीहरुको विवाह भैसकेको छ।

अव पालो उनकै रहेको छ। उनी पछि एक भाइ र एक बहिनी रहेको बताउने अव भने विवाह गर्ने समय आइसकेको बताउने उनी सवै दिदीहरुको मागी विवाह भएतापनि आफूलाई कसैले माग्न नआएको जिकिर गरेकी छन्।

मागी विवाह नभएपनि प्रेम विवाह गर्नेतर्फ उत्सुकता देखाएकी उनी यो बर्ष बढी नै फुर्सद भएकोले विवाहतिर सोच भैरहेको भएतापनि मन मिलेको कोही नपाएको उनको गुनासो देखिएको छ।

विवाहको विषयमा विवाहिता पाँच दिदीहरुले विशेष चिन्ता लिने गरेको बताउने उनी विवाहको पारिवारिक प्रेसर आइरहेको यथार्थ हो भन्छिन्। यद्यपि, विवाहको लागि मन मिल्ने योग्य कोही नपाएकोले यसै भन्न सकिने अवस्था नभएको भन्दै उनले मिलेमा चाँडै विवाह गर्ने सोचमा भएको भनेकी छन्।

प्रकाशन मिति–२०७२ साल मंसिर १३ गते आइतबार ।