काठमाडौं। हिन्दू नेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा गायिका इन्दिरा भट्टराईको विलकुलै गजबको तीज गीत सार्वजनिक भएको छ। गीतको वोल अनि भाका नै मितिनी रहेको छ। यिनै मितिनी भाकाको गजबको तीज गीतको भिडियो सार्वजनिक भएको हो।

अग्रज गीतकार दिनेश अधिकारीको शव्द तथा सन्तोष श्रेष्ठको संगीत रहेको गायिका इन्दिरा भट्टराईको मितिनी गीतमा सम्झना बुढाथोकी, नितु कोईराला, सदिक्षा रावत र आरोही भट्टराईले बेजोड अभिनय गरेका छन् ।

राजु केसीको छायाँकन रहेको भिडियोलाई विष्णु शर्माले सम्पादन गरेका हुन् । गीतमा सुदिप रागरको संगीत संयोजन रहेको छ। विहीवार आयोजित भिडियो सार्वजनिक समारोहमा अग्रज गीतकार दिनेश अधिकारी, गायक सीताराम पोखरेल, चलचित्र पत्रकार संघका पूर्वअध्यक्ष तथा गीतकार शान्ति प्रिय लगायतको प्रमुख आतिथ्यता रहेको थियो।

प्रस्तुत छ–गायिका इन्दिरा भट्टराईको यो तीज गीत मितिनी

प्रकाशन मिति–२०७६ साल साउन ३ गते शुक्रवार ।