ratha-yatra-1काठमाडौ। काठमाडौमा इन्द्रजात्राको रौनकता छाइरहेको छ। त्यो रौनकताको प्रमुख आकर्षण भन्नु नै विश्वकै कौतुहलको विषय बन्दै आएको जीवित देवी कुमारीको रथयात्रा हो। जीवित देवी कुमारीका साथमा जीवित देवताहरु श्रीगणेश र श्रीभैरबका रथयात्रा पनि गरिने गर्दछ।

यी जीवित देवी तथा देवताहरुको रथ बनाउने काठमाडौ महानगरपालिका वडा नंवर २१ बस्ने ज्ञानेन्द्र नकर्मी, सुवर्णलाल नकर्मी, जितनारायण नकर्मी र दिवेश नकर्मीले रथ बनाएबापत बर्षेनी नगद एक रुपैया मात्र बुझ्दैआएका छन्। सुन्दै पनि अच्चम लाग्ने यो खवर सत्य भएको उनीहरुले भनेका छन्।

ratha-yatra-2 ratha-yatra-1

जिजुबाजेको बेला देखि पुस्तेनी इन्द्रजात्रामा गुडाइने जीवित देवी देवताहरुको रथ बनाउने यी शिल्पीहरुको तलबमा बृद्धि गरेको पाइएको छैन्। एक सुक्कावाट मोहर हुंदै एक रुपैया उनीहरुको पारिश्रमिक भनेर लाजै नमानिकन गुठी संस्थानले दिदै आएको छ। जुन अनौठो तथा अव्यवहारिक देखिन्छ। जव कि प्रत्येक बर्षजस्तो इन्द्रजात्राको लागि भनेर गुठी संस्थानले नगद १५ लाख बजेट विनियोजित गरिदैआएको छ।
प्रकाशन मिति–२०७३ साल भदौ ३१ शुक्रबार ।