काठमाडौं। नेपालको शान तथा गौरबको पर्वको रुपमा रहेको गौरबमय इन्द्रजात्रा आज शुक्रवार विधिवत् रुपमा मनाइएको छ । यस पर्वमा नेपालकी राष्ट्रपति विद्या भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो।

बसन्तपुर दरवारको गददी बैठकमा बसेर राष्ट्रपति भण्डारीले इन्द्रजात्रा अवलोकन गरेकी थिइन्। राष्ट्रपतिका साथमा उपराष्ट्रपति नन्द किशोर पुन पासाङ लगायत काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य,प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनालगायत सरिक बनेका थिए।

इन्द्रजात्रामा पहिलोपटक चीनलगायत पाँच देशका मेयर लगायतका ४८ जना विदेशी पाहुनाहरुले ऐतिहासिक इन्द्रजात्रालाई बडा अभिरुचिपूर्वक अवलोकन गरेका थिए। राष्ट्रपति भण्डारीले विदेशी पाहुना र विभिन्न देशका राजदुतहरुसँगै गद्दी बैठकमा बसेर जीवित देवी श्री कुमारी, श्री गणेश र श्री भैरवको रथयात्रा अवलोकन गर्नुको अलावा दर्शन गरेकी थिइन्।

यःसिं अर्थात् इन्द्र रोथारोहणपछि आठदिनसम्म मनाइने इन्द्रजात्रा अवधिभर दशअवतार, सक्कु भक्कु, महाकाली, देवराज इन्द्र, लाखे भ्यांलिचाः, पुलुकिसीलगायतका नृत्यहरु इन्द्रजात्रामा प्रदर्शन गरिएको छ। इन्द्रजात्राको विशेष आकर्षण भनेकै जीवित देवी श्रीकुमारी, श्रीगणेश तथा श्रीभैरबको रथयात्रा नै हो।
प्रकाशन मिति–२०७६ साल भदौं २७ गते शुक्रवार ।