Indrajatra 1काठमाडौ। नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले इन्द्रजात्राका अवसरमा आज मंगलवार काठमाडौको वसन्तपुर दरबार क्षेत्रस्थित ‘जीवित देवी कुमारीको दर्शन गरेकी छन्। राष्ट्रपति भण्डारीले कुमारीसँगै गणेश र भैरवको दर्शन गरी भेटी चढाउनुका साथै मुख्य पुजारीबाट प्रसाद पनि ग्रहण गरेकी थिइन्।

Indrajatra 2वसन्तपुरमा आयोजित समारोहमा राष्ट्रपति भण्डारीले विविध सांस्कृतिक झाँकीको समेत अवलोकन गरेकी थिइन् । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली, सभामुख ओनसरी घर्ती, मन्त्रिगण, संवैधानिक निकाय र सुरक्षा निकायका प्रमुख, कूटनीतिक नियोगका प्रतिनिधिलगायत काठमाडौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी लगायत सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो।

Indrajatra 4

इन्द्रजात्राका अवसरमा वसन्तपुर क्षेत्रमा रथयात्रा, विभिन्न झाँकी तथा सांस्कृतिक बाजागाजाका साथमा नृत्य प्रस्तुत गरिएको थियो । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजाआराधना गर्न हरेक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन परम्परागत इन्द्रजात्रा पर्व मनाइन्छ।

Indrajatra 3

फोटो सौजन्य–शैलेश शाक्य लगंबरेजु

यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा पनि मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाइन्छ।

Indra Jatra 1प्रकाशन मिति–२०७४ साल भाद्र २० गते मंगलवार