काठमाडौ। नेपालमा लगातार इभेन्ट म्यानेजमेन्टको कार्य गर्नु त्यति सहज भने छैन्। इभेन्ट म्यानेजमेन्टमा विभिन्न व्युटी पेजेन्टहरुको आधिकारिक रुपमा आयोजना गर्नु कठिन कार्य हो। स्पोन्सरहरु देखि विभिन्न म्यानेजमेन्ट तथा काउन्सिलिङ्ग जस्ता कार्यहरुको लिडिङ्ग गर्नु सहज छैन्।

Raj Phaiju 4

यसो भएतापनि विगत पाँच बर्ष यता रेडियन्ट म्यानेजमेन्ट एजेन्सी मार्फत नियमित व्युटी पेजेन्ट कार्य गर्दैआएका इभेन्ट म्यानेजर एवम् रेडियन्ट म्यानेजमेन्ट एजेन्सीका एमडी तथा फाउण्डर राज फैंजुले यसलाई प्यासन नै बनाएका छन्। बर्षमा कम्तिमा ६ वटा व्युटी पेजेन्ट गर्ने कार्य गर्दैआएका फैंजुले लिट्टल व्युटी पेजेन्ट पनि गर्दैआएका छन्।

Raj Phaiju 3

त्यसको अलावा नेपालमा रहेका व्युटीसियनहरुको सीप र सुन्दरतालाई निखारता दिनको लागि व्युटीसियन डिभा प्रोग्राम लगातार गर्दैआएका छन्। यो बर्ष व्युटीसियन डिभा थर्ड प्रोग्राम यही भदौ २६ गते गर्ने अन्तिम तयारी फैंजुले गरिरहेका छन्।

Raj Phaiju 1

१७ जना व्यावसायिक व्युटीसियनहरु वीच हुने प्रतिस्पर्धात्मक कन्टेस्टको कोरियोग्राफी फैंजु स्वयम्ले गर्दैछन्। पुराना मोडल तथा व्याबसायिक फेसन कोरियोग्राफर समेत रहेका फैंजु यसलाई आफ्नो धर्म तथा कर्म दुवै भन्न रुचाउंछन्।

Raj Phaiju 5प्रकाशन मिति–२०७३ साल भदौ १९ गते आइतवार ।