iraq-poison-gyas-liked

काठमाडौ। इराकमा इस्लामकि स्टेट आइएससंगको भिडन्तमा सल्फर प्लान्टवाट विषालु ग्यासको चुहावट भएको छ। जसवाट सयौं प्रभावित बनेका छन्। उनीहरुको त्यहाँ उपचार भैरहेको इराकस्थित अन्तरराष्ट्रिय समाचार एजेन्सीहरुले जनाएको छ।

चुहावट भएको विषक्त ग्यासवाट हजारौ प्रभावित भएको हुनुपर्ने अनुमान पनि गरिएको छ। जसवाट हालसम्म दुई जनाको ज्यान गैसकेको छ। अझ कतिको ज्यान जाने हो ? त्यो यसै भन्न नसक्ने स्थिति रहेको समाचारमा जनाएको छ।

मोसुल शहरभन्दा केही किलोमिटर नजिक रहेको ग्यास प्लान्टमा आइएसका लडाकुले भाग्नुअघि आगजनी गरेका कारण सयौं मानिस प्रभावित भएका हुन्। यसैबीच इराकी सेना मोसुल शहरबाट ३२ किलोमिटर नजिकै काराकोशसम्म पुगेका छन्। यता अमेरिकी रक्षा मन्त्री इस्टन कार्टर बिना सूचना इराक पुगेका छन्।

आईएस बिरुद्धको कारबाहीमा इराकी र अमेरिकी सेनाको हौसला बढाउन उनी इराक पुगेको बताइएको छ। टर्की हुँदै इराक पुगेका कार्टरले त्यहाँ रहँदा उच्च पदस्थ नेताहरुसँग भेटघाट गरेका थिए।

इराकको लडाईमा टर्कीको भूमिकाको पहल गर्न उनी टर्की पुगेको बताइएको छ। इराकमा हाल ४ हजार ८ सय भन्दा बढी अमेरिकी सेना र १ सय जना बिशेष कमान्डो खटिएका छन्। (एजेन्सी)
प्रकाशन मिति–२०७३ साल कात्तिक ७ गते आइतवार ।