काठमाडौं। माँ पाथिभरा भक्ति समाज इजरायलको आयोजनामा श्रीस्वस्थानी ब्रतलाई धार्मिक विधिविधान अनुरुप इजरायलमा संपन्न हुने भएको छ। एक महिना लामो श्रीस्वस्थानी ब्रत कथानुरुप कथावाचन तथा ब्रत बस्ने कार्य इजरायलमा भएको हो।

 

एक महिनासम्म नून नखाइकन नेपालमा जसरी श्रीस्वस्थानीको ब्रत लिइने गर्दछ। त्यसरी नै एकमहिनासम्म बेडमा समेत नसुतिकन ब्रत बस्ने कार्य माँ पाथिभराकी अत्यन्त भक्तिनी सामाजिक अभियन्ता इलित्रा क्षेत्रीवाट भैरहेको जानकारी पनि माँ पाथिभरा भक्ति समाज इजरायलले जनाएको छ।

श्रीस्वस्थानी ब्रतको समापनको दिन माघ २६ गते आइवार पूजाआराधना गरेर इलित्रा क्षेत्रीले लिदैआएको एकमहिनासम्मको श्रीस्वस्थानी ब्रतलाई सांगे गर्ने कार्यक्रम रहेको पनि माँ पाथिभरा भक्ति समाज इजरायलले भनेको छ। अघिल्ला बर्षहरुमा पनि यसरी नै इजरायलमा ब्रत बस्ने कार्य गर्दैआएकी छन्।

त्यस्तै, इलित्रा क्षेत्रीले बडा दशैंको नवरथाको नौदिनसम्म पानी पनि नखाइकन कठोर ब्रत बस्ने कार्य पनि प्रत्येक बर्ष गर्दैआएकी छन्। जुन इजरायलमा एक नेपाली चेलीको भगवानप्रतिको गंभीर आस्था र विश्वासको प्रतिकको रुपमा लिने गरेको छ।

प्रकाशन मिति–२०७६ साल माघ २४ गते शुक्रवार ।