काठमाडौ। इलेक्ट्रिक स्कुटर र मोटरसाइकल दर्ता नगरी प्रयोग गरे सरकारले पाँच हजार रुपैयाँ जरिवाना गर्ने भएको छ। पछिल्लो समय उपत्यकामा दर्ता नगरिएका इलेक्ट्रिक स्कुटर बाक्लै देखिन थालेपछि सरकारले दर्ता प्रक्रियामा कडाइ गर्न लागेको हो।


दर्ता नै नगरेका सवारीले दुर्घटना गराएको अवस्थामा कारवाही गर्न र भागेका अवस्थामा खोज्न सम्भव छैन्। सहरी क्षेत्रमा बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्न इलेक्ट्रिक स्कुटर र मोटरसाइकल अनिवार्य दर्ता प्रक्रियामा ल्याउने यातायात व्यवस्था विभागको तयारी रहेको छ।

दर्ता प्रक्रिया दुई वर्ष अगाडिबाटै सुरु भए पनि प्रभावकारी नभएको भन्दै विभागले कडाइका साथ पुनः दर्ता प्रक्रिया अगाडि बढाउन लागेको हो।

प्रकाशन मिति–२०७४ साल माघ २९ गते सोमवार ।