Prachanda bat sapath grahan 1काठमाडौ। नेपालका नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहालले विहीवार पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्। काठमाडौको महाराजगञ्जस्थित राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष दाहालले शपथ लिएका हुन्। शपथ ग्रहणको बेलामा दाहालले इश्वरको नाम उच्चारण गरेनन्।

नेपाली राष्ट्रिय पोशाक दौरा–सुरुवाल तथा भादगाउंले टोपीको स्थानमा सुट–पाइन्ट र भादगाउंले टोपीमा दाहाल सजिएका थिए। शपथ ग्रहणको लगतै दाहाललाई बधाई दिने पहिलो विदेशी कुटनीतिज्ञमा नेपालका लागि चीनिया राजदूत देखिए। त्यसपछि मात्र भारतीय राजदूत देखिएका थिए। दाहाललाई पत्नी सीता दाहाल तथा बुहारी विना मगरले पनि हात मिलाएरै बधाई दिएका थिए। शपथ ग्रहण समारोहमा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, उपराष्ट्रपति नन्दवहादुर पुन लगायतका विशिष्ट व्यक्तिहरुको सहभागिता रहेको थियो।

Prachanda bat sapath grahan 2राष्ट्रपति भण्डारीले प्रधानमन्त्री दाहाललाई शपथ खुवाएपछि नेपाली कांग्रेसवाट उपप्रधान तथा गृहमन्त्री बनेका विमलेन्द्र निधि तथा नेकपा माओवादी केन्द्रवाट उपप्रधान तथा अर्थमन्त्री बनेका कृष्णवहादुर महरालाई शपथ ग्रहण गराएकी थिइन्। साथमा तीन मन्त्रीहरु रमेश लेखक, गौरीशंकर चौधरी र दलजीत श्रीपाइलीले पनि राष्ट्रपति समक्ष शपथ ग्रहण गरेका थिए।
प्रकाशन मिति–२०७३ साल साउन २० गते विहीवार ।