काठमाडौ। डिसेम्बर महिनाको २५ तारिख आज बुधवार इसाई धर्माबलम्बीहरुको महान पर्व मेरी क्रिसमस परेको छ। नेपालमा पनि इसाई धर्माबलम्बीहरुले विभिन्न कार्यक्रम गरेर धुमधामकासाथ मनाउने कार्य भैरहेको छ।


२ हजार १९ वर्षअघि जेरुसेलमको बेथलेहममा येशुको जन्म भएको थियो। कुमारी मारियमको कोखबाट आजको दिन येशुको जन्म भएको हो। येशुलाई जिजस क्राइष्ट पनि भनिन्छ। येशुले मानव समुदायका लागि पुर्याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ।


पछिल्ला समय नेपालमा पनि यो धर्म अँगाल्नेहरु बढेका छन्। हाल नेपालमा ८ हजार पाँच सय गिर्जाघर र ३० लाखभन्दा बढी क्रिश्चियन धर्मावलम्बी रहेको अनुमान गरिएको छ।
प्रकाशन मिति–२०७६ साल पुस ९ गते बुधवार ।