Dr.Anjan Shakya


काठमाडौं। ईजरायलबाट नेपालमा औषधी, उपकरण तथा टेस्टिङ किट लैजान सकिने वा नसकिने सम्बन्धमा इजरायलमा छलफल भएको छ। इजरायलका लागि नेपाली राजदूत डा.अञ्जान शाक्यको पहलमा उक्त छलफल भएको हो।

नेपालको परराष्ट्र मन्त्रालयबाट पठाएको सूची सहितको आशय–पत्र बमोजिम इजरायल स्थित राजदूतावासले इजरायलका विभिन्न सरकारी निकाय, निजी कम्पनी तथा व्यक्तिहरुसँग समन्वय तथा छलफल गरिरहेको तेलअभिभ स्थित इजरायलको लागि नेपाली राजदूतावासले जनाएको छ।

पछिल्लो पटक कोरोनाभाइरसको सन्दर्भमा इजरायलको बिजनेश कम्युनिटीबाट नेपाललाई के सहयोग हुन सक्छ भन्ने विषयमा केन्द्रित रही राजदूत डा.अन्जान शाक्यले इजरायल–एशिया च्याम्बर अफ कमर्शका प्रतिनिधिसंग भिडियो कन्फरेन्स मार्फत छलफल गरेको पनि दूतावासले भनेको छ।
प्रकाशन मिति–२०७६ साल चैत २३ गते आइतवार ।