ईजिप्ट । पोखराका युवा व्यवसायी ईजिप्टमा आयोजित भव्य समारोहमा सम्मानित बनेका छन्। युवा व्यवसायी राजेन्द्र गौतम ईजिप्टको अलेक्जेन्ड्रिया शहरमा सम्पन्न कार्यक्रममाझ एम एस एन एक्सीलेन्स अवार्डबाट सम्मानित बनेका हुन्।

राज्य दैनिकको प्रस्तुति तथा मोडल सङ्ग्स नेपालको आयोजनामा ईजिप्टको अलेक्जेन्ड्रियामा सम्पन्न एम एस एन एक्सीलेन्स अवार्ड–२०१९ बाट गौतम व्यापार विधातर्फबाट सम्मानित भएका हुन्।

अलेक्जेन्ड्रियाको शेराटन होटेलमा आयोजित अवार्ड कार्यक्रम माझ गौतमले उक्त अवार्ड ग्रहण गरेका थिए। अवार्ड विजेता राजेन्द्र गौतम हिल बर्ड हाउजिङ एण्ड डेभलवर्श प्रा लि का प्रवन्ध संचालक हुन। पोखरालाई कर्म क्षेत्र बनाई रीयल स्टेट बिजनेशलाई अगाडि बढाएका गौतम होटल ब्यवसायमा समेत संग्लग्न रहेका छन्।

एम एस एन एक्सीलेन्स अवार्डबाट सम्मानित हुनेहरुमा इन्फ्लुन्सियल कम्युनिकेशनतर्फ सरोज ओझा, क्राईसिस कम्युनिकेशनतर्फ ईश्वर दया पाण्डे एबम राजन प्रसाई, चेन्ज कम्युनिकेशनतर्फ किरण खनाल, नारायण रेग्मी, गायनतर्फ दिनेश गौतम, संगीततर्फ रेखा पौडेल रहेका छन ।

त्यस्तै,चलचित्र निर्देशक विकाश वस्याल, आर्टिस्ट–संचारकर्मी–ईभेन्ट डाईरेक्टर राज लुइँटेल, मोडल शिला मल्ल, नायक तथा समाजसेवी दिपक डोटेल, फेशन डिजाईनर तृष्णा गुरुङ्ग, आर्जे–भिजे समिर लामा, गुरुङ भाषाको चलचित्रकी नायिका मन्जु गुरुङ्ग, नायिका पूर्णिमा लामा लगायतलाई आ–आफ्ना क्षेत्रमा रहेर पृथक योगदान दिएको भन्दै एम एस एन एक्सीलेन्स अवार्ड प्रदान गरिएको थियो।

ईजिप्टका सफल व्यवसायी मोहम्मद वालिद रसादाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ईजिप्टका चलचित्र निर्देशक मोहम्मद अलि र ईजिप्टका वरिष्ठ संचारकर्मी डालिय हसन विशेष अतिथिको रुपमा रहेका थिए ।
प्रकाशन मिति–२०७५ साल चैत्र ४ गते सोमवार ।